“कोभिड १९ ले मानिसलाई स्वस्थ जिवन जिउने कला सिकायो” – स्वास्थ्य विज्ञहरु

Homeविशेष

“कोभिड १९ ले मानिसलाई स्वस्थ जिवन जिउने कला सिकायो” – स्वास्थ्य विज्ञहरु

अन्लाइन सांस्कृितक नृत्य प्रतियाेगिताकाे नितजा साँझ ८ बजे सार्वजनिक हुदै
आगलागीबाट घर गुमाएका परिवारलाई कुमाल विद्यार्थी समाजद्वारा सहयोग हस्तान्तरण
कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

यामु कुमाल,
१५ भदौ, नवलपुर ।
कोरोना भाइरसको महामारीले विश्वलाई नै अस्तव्यस्त बनायो । तर, यहीँ भाइरसका कारण समाजमा केही सकारात्मक परिवर्तन भने आएको छ । कोरोनाबाट जोगिन अपनाइएका सावधानीले स्वस्थ जीवनयापनमा टेवा पुगेको जनस्वास्थ्य विदहरुको भनाइ छ । यी बाहेक कारोनाका कारण समाजमा अन्य दैनिक ब्यबहारहरुमा पनि केही सकारात्मक प्रभाव परेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन मानिसहरु दुइ वर्षदेखि केही निश्चित नियमहरु पलना गर्न बाध्य भए । कतै जानु पर्दा मास्क लगाउने , भौतिक दुरी कायम गर्ने र पटकपटक हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने काम दुई वर्षदेखि हुदैँ आएको छ । यसमा मानिसहरु सचेत भइसकेका छन् ।
सरसफाइप्रति पनि धेरैलाई यो भाइरसले सचेत बनाएको छ । कोरोनाले मानिसको जिवनमा धेरै नकारात्मक असर पारेको भएपनि स्वस्थ जिवन जिउने कला सिकाउन भने योे महामारीले सहयोग पु¥याएको विज्ञहरु बताउछन् ।
कन्सल्ट्यान्ट फिजिसियनका डाक्टर विमल शर्मा चालिसे भन्नुहुन्छ , “कोरोना भाइरसले मानिसमा सहि ढङ्गले स्वास्थ्य सम्वन्धिका धेरै कुरा सिकाएको छ । सहि तरिकाले मास्क लगाउने , साबुन पानीले पटकपटक हात धुने कार्यको विकास भएका छ । भने यसका साथै जहाँ साबुन पानी उपलब्ध छैन त्यहाँ सेनिटाइजर प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने हुदाँ मानिसहरुमा स्वस्थ जिवन विताउन राहत मिलेको छ ।”
कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाइएका सावधानीका कारण अन्य संक्रमणको रोग कम देखिएका छन् । यस अघि पटकपटक धेरै मानिसमा देखिने हैजा , टाइफाइट र निमोनिया जस्ता रोग दुइ वर्षको विचमा धेरै कम मात्रामा देखिएका छन् । यस्ता संक्रामक रोग कम देखिनुका कारण कोरोनाबाट बच्न अपनाइएको सावधानी नै भएको विज्ञहरुको भनाइ छ ।
डा. चालिसेले भन्नुभयो, “यो रोग आएपछि मानिसहरुमा स्वस्थ जिवन जिउनु पर्छ । हामी जुन चिजबाट बच्न सक्छौँ बच्ने प्रयास गर्नु पर्छ । यसो गरे हामी पनि विरामी पर्दैैनौँ भन्ने भावना र विश्वास बढेको छ । यसले कोभिड नियन्त्रण मात्र होइन । अन्य रोगहरु प्नि कम भएको हामीले महशुस गरेका छौँ । गएका वर्षहरुमा जस्तो मानिसमा देखिने हैजा , टाइफाइट र निमोनिया जस्ता रोग धेरै कम देखिएको छ । निमोनियाको केसहरु पनि धेरै कम देखिएको छ ।”
यसैगरी कोरोनाको संक्रमणबाट जोगिन मानिसहरुले हात मिलाउने प्राय बन्द गरेका छन् । हुन त हात मिलाउने चलन नेपाली संस्कृति होइन तर पनि धेरै नेपालीले कसैसंग भेट गर्दा हात मिलाउने गरेका थिए । अहिले हात मिलाउने चलन प्राय बन्द भएको छ । हात मिलाउनुको सट्टा नमस्कार गर्ने संस्कृति विकास भएको छ । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ ।
“कोरोना भाइरसले अर्को के बानी पनि सिकायो भने हात मिलाउनु भन्दा नमस्कार गर्नु उचित हुन्छ । यो भाइरसले हात मिलाउने बानी पनि हटाएको छ ।” उहाँले भन्नुभयो ।
त्यसैगरी कुनै बस्तु छोए पछि तत्काल हात धुने संस्कृतिको विकास भएको छ । यो भनेको स्वास्थ्यप्रति पूर्ण रुपमा सचेत हुनु हो । यो सचेतना बढाउने काम कोरोना भाइरसले गरिदिएको छ । यो संगै सहि तरिकाले मास्क प्रयोग गरे वा भौतिक दुरी कायम गर्ने काम गरे कोरोना मात्र नभइ अन्य संक्रमण रोगबाट बच्न पनि सकिन्छ ।
कोरोनाले मानिसलाई स्वास्थ्य सम्वन्धि धेरै कुरा सिकाएको छ । अझ जुनसुकै संक्रामक रोग लाएको व्यक्ति नै किन नहोस् उसले जन स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरे रोग सार्ने सम्भावना समेत कम हुने गर्दछ ।
उहाँ भन्नुहुन्छ, “मास्क लगाउनु पर्दो रहेछ , हात धुनु पर्दो रहेछ । निश्चित रुपमा भौतिक दुरी पनि कायम गर्नु पर्दो रहेछ, भन्ने जुन विश्वास र भावना विकास भएको छ । पछिल्लो समय कोभिड १९ का विरामी पनि घटिरहेको छ । मानिसले हात धुने बानी , सेनिटाइजर लगाउने र मास्क लगाउने बानीलाई सकारात्मक रुपमा लिनु पर्छ, हाम्रो जनजिवन रोगमुक्त बनाउने हो भने यी कुराहरुलाई कोभिडका बेलामा मात्र नभएर पछिसम्म पनि कायम राख्नु पर्ने हुन्छ ।”
स्वस्थ्य मानिसको सबैभन्दा ठूलो धन हो । शरीर स्वस्थ् भएमा मात्र अरु काम गर्न सकिन्छ । कोरोना भाइरसले स्वस्थ रहन मानिसलाई दिएको शिक्षा अहिले मात्र नभइ भविष्यका लागि पनि काम लाग्ने देखिन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0