कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्यो,क्षेत्रीय सभापतिमा रानाभाटको पनि चर्चा

Homeअन्य

कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढ्यो,क्षेत्रीय सभापतिमा रानाभाटको पनि चर्चा

This Snapchat screenplay is the most wanted in Hollywood right now
म्यानमारमा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गयो
Is Coffee Healthy? A Nutritionist Explains the Facts


१५ भदौ, नवलपु्र ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी नवलपुर जिल्लामापनि बढेको छ । जिल्लाकाशिर्ष नेताहरु यतिखेर गाउँगाउँमा भोटका लागि दौढधुप गरेको देख्न सकिन्छ । आफ्ना आफ्ना गुट उपगुट बनाएर चुनाबी मैदानमाउत्रिएका छन् । यसैविचनेपालीकांग्रेसको १४ औँ महाधिवेशनमा नवलपुर क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा नेपाली कांग्रेसका युवा नेता होमराज रानाभाटको पनिचर्चा आउन थालेको छ
पार्टीको समितिमा चुनाव लड्ने मनसायका साथ उनी मैदानमा उत्रिइ सकेका छन् । चुनाव र आफ्नो उम्मेदवारीका सम्बन्धमा उनले पार्टीका विभिन्न तहका नेताहरुसंग छलफल तीव्र बनाएका छन् ।
महामन्त्री डा.शसाकं कोइरालाको निर्बाचन क्षेत्र नं १ मा क्षेत्रीय सभापतिको आकाक्षीधेरै जना देखिए पछि कस्ले बाजी मार्ला अनुमान गर्न अहिल्यै मुश्किल भएको जानकारहरु बताउँछन । पार्टी निर्बाचनमादुबै पटक लोकप्रिय मत हासील गर्ने होमराज रानाभाट लोकप्रिय नेताका रुपमा जिल्लामा चिनिन्छन र रानाभाटलाई पार्टी सचिबका रुपमा हेरिएको भएपनि रानाभाटको पहिलो ईच्छा भने क्षेत्रीय सभापति नै हुने जिल्लाका अन्य नेताहरुको भनाई रहेको पाईन्छ ।
रानाभाट पार्टीको १२औं १३ औँ महाधिवेशनमा दुई कार्यकाल जिल्ला सदस्यमा निर्वाचित भई सकेका छन् । अहिले क्षेत्रीय सभापतिमा रानाभाट बलियो उम्मेदवार भएको उनीसंग नजिक रहेका कांग्रेस नेताहरु बताएका छन् । लामो समय पत्रकारिता गरेका कारणले पनि जिल्लामा चुनाव जित्न रानाभाटलाई सहज हुने एक नेताले बताए ।
रानाभाटलाई सञ्चार जगतमा प्रभावशाली व्यक्तित्वका रुपमा लिइन्छ । करिब तिन दशक पत्रकारिता गरेका रानाभाट नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको अध्यक्ष भएर काम गरेका थिए । देवचुली माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत भएर काम गरेका रानााभाट विभिन्न संघ सस्थामा पनि रहेर सामाजिक कार्य गर्दै आएका छन् ।
रानाभाटको पार्टीका केन्द्रीयदेखि जिल्लाका सवै तहका नेताहरुसंग निकट सम्बन्ध रहेको छ । मोफसलमा रहेर पनि केन्द्रमा सोझै सम्पर्क स्थापित गर्न सक्ने र केन्द्रीय नेताहरुले पनि राम्रै विश्वास गरेकाव्यक्तित्वमा पर्दछन् रानाभाट ।कार्यकर्ता माझ भिज्न सक्ने नेताका रुपमा रानाभाटले आफनो पहिचान कायम गरिसकेका छन् ।
साथै नवलपुर जिल्ला उच्च तहका नेताहरुका साथै सबै संघ–संगठनका नेताहरुसंग पनिउनको सम्बन्ध प्रगाढ रहेको छ । रानाभाट पार्टी भित्रमात्रै होइन पार्टी बाहिर अन्य पार्टीका नेताहरुलाई पनि रिझाउन सक्ने खुबी राख्छन् । यसैकाकारणले पनिउनलाई क्षेत्रीय सभापतिमा चुनाव जित्न सहजहुने ठानिएको छ ।
कुनै समय शिक्षण पेशामा रहँेका रानाभाट करिब चार दशकदेखि पार्टीको राजनीतिमा कुनै न कुनै भूमिकाबाट सक्रिय छन् । । रानाभाटले नेतामुखी भन्दा जनमुखी भएर कार्य गर्नै अठोटका साथ चुनाबी मैदानमा उत्रिएको बताउँदै आएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0