कावासोतीमा बाढीले खानेपानीको पाइप बगाउदा २ करोडको क्षति

Homeसमाज

कावासोतीमा बाढीले खानेपानीको पाइप बगाउदा २ करोडको क्षति

धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्‍चनपुरबाट पक्राउ
दाउन्नेमा बस दुर्घटना घटना स्थलमै ४ जनाको मृत्यु , ४० जना घाइते
मनाङ बाढी अपडेट : ३ सय जनालाई सुरक्षित ठाउँमा सारियो

१७ भदौ , नवलपुर ।
गत असार २२ र भाद्र १० गते अविरल वर्षा सहित आएको बाढीले पूर्वी नवलपरासीमा खानेपानीको पाइप बगाएको छ । जिल्लाको कावासोती खानेपानी तथा उपभोक्ता संस्थाको करिव १ हजार ६ सय मिटर लामो खानेपानीको पाइप बगाएको हो ।
वर्षापछि केरुङ्गे खोलामा आएको ठुलो बाढीले खानेपानीको पाइप बगाउदा करिव २ करोड १६ लाख बराबरको क्षति भएको कावासोती खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष भिमलाल कण्डेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जिल्लामा गत असार २२ र भदौ १० गते अविरल वर्षापछि आएको आएको बाढीले खानेपानीको पाइप बगाएको छ । कावासोती खानेपानी तथा उपभोक्ता संस्थाको १ हजार ६ सय मिटर लामो खानेपानीको पमइप बाढीले बगायो । केरुङ्गे खोलामा आएको बाढीले पाइप बगाउँदा २ करोड १६ लाख बराबरको क्षति भएको छ ।”
वर्षा सहितको खोलामा आएको बाढीले गत असार २२ गते पनि खानेपानीको पाइप बगाउदा कावासोतीका केही स्थानमा खानेपानीको समस्या भएको थियो । त्यसपश्चात अस्थायी रुपमा पाइप राखेर सञ्चालित पाइप पुनः भाद्र १० गतेको बाढीले ठुलोमात्रामा क्षति पु¥याएको छ । क्षति भएको खनोपानीको पाइप विस्तार एवम् मर्मत सम्भारका लागि स्थानिय तह ,प्रदेश र संघ सरकारलाई जानकारी समेत गरइएको अध्यक्ष कण्डेलले बताउनुभयो ।
अस्थायी पाइपको सहयोगमा धारामा पानी आउन १ हप्ताको समय लाग्ने भएता पनि पुर्ण रुपमा पाइपको विस्तार भने आगामि मङ्सिर महिनाबाट मात्र सुरु हुने उहाँले बताउनु भएको छ ।

अविरल वर्षापछि आएको बाढीले कावासोती खानेपानीमा पु¥याएको क्षतिको बुधबार स्थलगत निरिक्षण गर्नुहुदैँ प्रतिनिधि सभा सांसद तिलक महतले कावासोतीको केरुङ्गे खोलालाई तटवन्धन निर्माण गर्ने र उचित तरिकाले क्षति नहुने गरि उत्खनन गर्नुपर्ने देखिएको बताउनुभयो ।
सांसद महत भन्नुहुन्छ, “कावासोतीमा रहेको केरुङ्गे खोलामा तटवन्ध न निर्माण गर्नुपर्छ । यसलाई कहिकतैबाट पनि क्षति नहुनेगरी उचित तरिकाबाट तटवन्धन निर्माण गर्नु पर्ने देखियो ।”
गत भाद्र १० गतेको अविरल वर्षापछि आएको केरुङ्गे खोलामा आएको बाढीले कावासोती खानेपानीको पाइपमा ठूलो क्षति पु¥याएको छ । बाढीले पाइप बगाएपछि अहिले कावसोती नगरपालिकाको वडा नम्बर २ ,५ र ६ का गरी २ हजार ५ सय धारामा पानीको आपूर्तिमा समस्या आएको छ । खानेपानीको समस्या बढ्दै गएपछि स्थानियहरु अहिले खोलाको छेउछाउमा २ देखि ३ घण्टा टाढा पानी लिन जान बाध्य भएका छन् । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले अहिले सम्म ८ हजार ५ सय धारामा पानी उपलब्ध गराउदै आएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0