‘प्रकृति तथा वातावरण’ फोटो प्रतियोगिताको नतिजा घोषणा

Homeसमाज

‘प्रकृति तथा वातावरण’ फोटो प्रतियोगिताको नतिजा घोषणा

मनाङकाे यति हाेटल बन्याे सुबिधा सम्पन्न आईसाेलेशन
महिलाको सुरक्षा चुनौतिपूर्ण बन्दै
मास्क र औषधी बोकेर गाउँगाउँमा सशस्त्र प्रहरी

२१ भदौ, नवलपुर ।
प्रकृति तथा वातावरण विधाको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । फोटोग्राफर संघ गण्डकी नेपालद्वारा आयोजित प्रतियोगितामा पोखराकी सिर्जना भुर्तेल( सिरु) को तस्विर उत्कृष्ट घोषणा गरेको छ ।
उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्ला र अन्य प्रदेशकोगरी १ सय ४५ फोटोहरु सहभागी थिए । संघले १ सय ८२ औँ विश्व फोटोग्राफी दिवस र आफ्नो संघको स्थापना दिवसको अवसरमा पहिलो पटक प्रतियोगिता गरेको हो । संघले प्रकृति तथा वातावरण सम्वन्धित विधामा भदौ ३ देखि १८ गतेसम्म अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ सञ्चालन गरेको थियो । प्रतियोगितामा गण्डकी प्रदेशका फोटोग्राफरका साथै प्रदेशका ग्राफरले पनि गण्डकी प्रदेशभित्र खिचेको फोटोहरु रहेका थिए ।
प्रतियोगिताको विजेता पोखराकी सिर्जना भुर्तेल( सिरु) भइन्, भने अन्य उत्कृष्ट १० मा पर्न सफल फोटोग्राफरहरुमा बिक्रम न्यौपाने, जिवन ढुंगाना ,बिष्णुहरी अधिकारी , बिलक सुवेदी , दिवस बराल, अर्जुन कुवर,अनुप गुरुङ्ग, राहुल सुवेदी ,सुरेश रेग्मी ,यामु कुमाल रहेका छन् ।

अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा भदौ २० गते आफ्नो स्थापना दिवसका दिन घोषणा गरेको हो । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए ।
फोटो पत्रकार कृष्णमणि बराल र घनश्याम पौडेलको निर्णायक समितिले उत्कृष्ट ११ फोटो सिफारीस गरेको थियो । निर्णायक समितिले सिफारीस गरेका फोटोहरुलाई कार्यक्रममा घोषणा गरिएको हो ।कार्यक्रमको प्रमुख अतिथि पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको भुमिका निर्बाह गर्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी , नेपाल पत्रकार महासंघ रास्ट्रिय परिषद सदस्य कमल पौडेल अथक ,नेपाल फोटोपत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ , नेपाल फोटोपत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेल , निर्णायक समितिका संयोजक फोटोपत्रकार कृष्णमणि बराल , घनश्याम पौडेल, कैलास सहकारी संस्थाका अध्यक्ष शिबहरी अधिकारी, संस्थाका सल्लाहाकार गणेश छवि, तनहुं फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, फोटो प्रतियोगितामा उत्कृष्ठ १० मा पर्न सफल युवा फोटोग्राफर बिष्णुहरी अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्य सहित स्थापना दिवस तथा फोटोग्राफी प्रतियोगिताको महत्वका बारेमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले प्रष्ट पार्दै उत्कृष्ठ फोटोलाई रु पाँच हजार र प्रमाणपत्र ले उत्कृष्ट दश लाई प्रमाण पत्र तथा खादाले संस्थाको साधारण सभामा सम्मान गरिने जानकारी दिनुभएको थियो । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गर्नुभएको थियो ।

उत्कृष्ट दश तस्बिरहरु

COMMENTS

WORDPRESS: 0
DISQUS: 0