मनिषा कुमालले जितिन् टिकटक प्रतियोगिता , पुरस्कार रकम मुटुरोगीलाई सहयोग गर्ने

Homeकुमाल समाजकुमाल समाज विशेष

मनिषा कुमालले जितिन् टिकटक प्रतियोगिता , पुरस्कार रकम मुटुरोगीलाई सहयोग गर्ने

“म त्यही माटो हुँ “
कुमाल संग्राहालयको शिलान्यास
” बोझ भर्सेस नारी”

२४ भदौ, नवलपुर ।
न्युजिल्याण्डमा रहेको नेपलिज वेलफेयर सोसाईटी इनकर्पोरेटेडलद्वारा आयोजित तीज बिशेष टिकटक प्रतियोगितामा तनहूँकी मनिषा कुमाल बिजयी भएकी छन् । विजयी कुमालले ४२ हजार हात पारिन् ।
सेप्टेम्बर ५ बाट ९ तारिखसम्म चलेको उक्त प्रतियोगितामा ४२ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको अन्तिम नतिजा विहिबार अर्थात सेप्टेम्बर ९ तारिख का दिनका दिन सार्वजनिक गरिएको हो ।उक्त पुरस्कार रकम उनले उस्मान र गोरखाकी मुटु रोगी मन्जु कुमाललाई सहयोग गर्ने बताएकी छन् । उनले आफ्ना सहयोगी र समर्थक सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छन् । उनको भिडियोमा १, हजार ९०१ जनाले लाइक गरेका थिए ।
यस्तै प्रतियोगितामा फस्ट रनर अपमा आरती क्षेत्री कोइराला र सेकेन्ड रनर अप पुष्पा तमाङ भएका छन् । त्यस्तै सहभागी मध्ये सुशिला गुरुङ लक्की ड्र मा पर्न सफल भएकी छन् । प्रतियोगीहरुको टिकटक भिडियो आयोजक संस्थाको फेसबूक पेजमा अपलोड गरिएको थियो । सोही पेजमा आएको लाइक्सको आधारमा बिजेता घोषणा गरिएको हो । आयोजक संस्थाको फेसबूक पेजको लाइभ मार्फत बिजताको नाम घोषणा गरिएको थियो ।
लाईभ कार्यक्रममा संस्थाका अध्यक्ष दिपक गान्धारी, कोषाध्यक्ष हरी आचार्य , कार्यकारी सदस्यहरु सफल सिवाकोटी र अशोक भट्टराईको उपस्थिती थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0