मुटुरोगी मञ्जु कुमालद्वारा आर्थिक सहयोगको अपिल

Homeकुमाल समाजकुमाल समाज विशेष

मुटुरोगी मञ्जु कुमालद्वारा आर्थिक सहयोगको अपिल

पुनर्जाग्रित हुदै : संकटमा परेको कुमाल जातिको पुर्खौलि पेशा
रिठेपानी कास्की इकाइका अध्यक्ष डिल्लीराम कुमालको स्कुटर दुर्घटनामा परी निधन
डिलमायाको पीडा : न ओत लाग्ने घर, न पेटभर खाना

२५ भदौ, नवलपुर ।
एक महिनादेखि मुटुको समस्याबाट थलिएकी गोर्खाकी मञ्जु कुमालले उपचारमा सहयोग गर्न सम्पूर्णमा आग्रह गरेकी छन् । जिल्लाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ जलविरे की ३४ वर्षिया मञ्जु एक महिनादेखि मुटुमा समस्या आएपछि थलिएकी हुन् ।
अहिले उनकोे त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । रोग लागेर अस्पताल भर्ना भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या आएको उनका श्रीमान दिपक कुमालले बताउनु भयो ।
उहाँले भन्नुभयो, “दश दिनदेखि मञ्जु अस्पतालको वेडमा लडिरहेकी छन् । साथमा भएको पैसापनि सकिसकेको छ । अब उनीलाई कसरी उपचार गर्ने भन्ने चिन्तामा छु । आर्थिक अभाव भएकै कारण गाउँपालिकाको वडाबाट पनि आर्थिक सहयोगका लागि सिफारिस गरेको छु । मेरी श्रीमती अहिले गर्भवती छिन् । उनलाई बचाउनका लागि जति सक्नुहुन्छ सबैले सक्दो सहयोग गरिदिनु हुन आग्रह गर्दछु ।”


उनको उपचारका लागि १२ देखि १५ लाख रकम लाग्ने अस्पतालले बताएको छ । अस्पतालका अनुसार मञ्जु कुमाललाई मुटुरोग मात्र नभई ,प्याराल्यासिस र फोक्सोमा पनि जटिल समस्या देखिएको छ ।
उनलाई सहयोग गर्नमा लागि एन्आइसी एसिया बैंक डिल्लिबजार काठमाडौंमा खोलिएको कुमाल युथ मिडियाको खाता नम्बर ३०१४१५००४३७१०००२ र सदिक्षा कुमालको खाता नम्बर ११४२०६००३६२१३१०००००१ मा रकम जम्मा गरेर सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ , भने ईसेवा मार्फतपनि ९८४३६७०९५२ नम्बरमा व्यवस्था मिलाइएको छ ।
यस्तै सहयोग गर्न चाहानेले सुरेश कुमाल ९८४३६७०९५२, ९८०८४५५५१७ ,जीवन कुमाल ९८६०७५८१११ , रमेश कुमाल ९८४११८१२०९ मा सम्पर्क गर्न सक्नु हुनेछ । पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर भएकाले सहयोगको लागि सवैमा अपिल गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0