प्रतिस्थापन विधेयक : चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ कराेडकाे बजेट पेस

Homeअर्थ

प्रतिस्थापन विधेयक : चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ कराेडकाे बजेट पेस

11 things that won’t happen in royal societies
कर्णाली प्रदेशमा ‘गोठालो भत्ता’ कार्यक्रम लागु
कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्राउने

२५ भदौ, काठमाडौँ ।
सरकारले शुक्रबार प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ । चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरी बचत भएको पाँच अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको अर्थ मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । साथै सरकारले क्यान्सर एवम् मिर्गाैलाका गम्भीर रोग भएका र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थ मन्त्री शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो । नेकपा एमालेको अवरोधकाबीच अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा विनियोजन विधेयक पेस गर्नुभएको हो । शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठकमा अर्थ मन्त्री शर्माले विनियोजन विधेयक पेस गर्नुभयो । अर्थ मन्त्री शर्माले संयुक्त सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रतिस्थापन विधेयक ल्याएको बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0