डा. कोइरालाले गरे गृह जिल्ला नवलपुर आएर सभापतिको   उम्मेदवारी घोषणा

Homeराजनीति

डा. कोइरालाले गरे गृह जिल्ला नवलपुर आएर सभापतिको उम्मेदवारी घोषणा

Tips for Young Entrepreneurs: A Roadmap to Business Success
१३२ पालिकासँग भूमि आयोगको सम्झौता
टोपबहादुर र मणिले छाडे प्रचण्डको साथ

२६ भदौ, नवलपुर ।
नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले शनिबार गृह जिल्ला पूर्वी नवलपरासी आएर सभापतिमा उम्मेदवारको घोषणा गर्नु भएको छ । शनिबार नेपाली काँग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै उहाँले उम्मेदवारको घोषणा गर्नु भएको हो ।
उहाँले भन्नुभयो – गिरिजा बाबुले जसरी विराट नगर गएर आफ्नो उमेद्वारी घोषणा गर्नु भएको थियो, मैले पनि मेरो गृह जिल्ला आएर आज सभापति पदको लागि उम्मेदवारीको घोषणा गर्दछु । उहाँले सहमतिमा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिंदै सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर जानेमा जोड दिनुभयो । तर, पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा उहाँको जोड छ ।
देवचुली नगरपालिकाको दलदले बजारमा रहेको विपी स्मृति भवनमा नेपाली काँग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा ओमकला गौतम, विष्णु लामिछाने, महेन्द्रध्वज जिसी लगायतले बोलेका थिए । कार्यक्रम देवचुली नगरपालिकाका नगर प्रमुख एवम् नेपाली काँग्रेस देवचुली नगरपालिकाका नगरसभापति पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0