राष्ट्रिय जनमुक्ति पार्टीको छैठौँ महाधिबेशन धरानमा शुरु

Homeअन्य

राष्ट्रिय जनमुक्ति पार्टीको छैठौँ महाधिबेशन धरानमा शुरु

13 ways budget calculators are completely overrated
नवलपुरसहित देशका धेरै ठाउँको मौसम अहिले सफा
The complete beginner’s guide to cultural solutions

२६ भदौ, नवलपुर ।
तीन दशक अघिदेखि पहिचान र जातीय जनसँख्याको आधारमा समानुपातिक प्रतिनीधित्व सहितको बहुजातीय लोकतान्त्रिक समाजबादका लागि बैचारिक सँघर्ष गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको छैठौँ राष्ट्रिय महाधिबेशन शुरु भएको छ । शनिबारदेखि सुनसरीको धरान स्थित गीता भवनमा शुरु भएको महाधिबेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष केपी पालुङ्वा लिम्बुको अध्यक्षता रहेको थियो भने , सँस्थापक अध्यक्ष तथा सँरक्षक एम एस थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि रहन’भएका थापाले समुद्घाटन गर्नुभएको कार्यक्रममा ६ भन्दा बढी देशका प्रवास समिति तथा करिव ६५ जिल्लाका पार्टी प्रतिनीधि तथा पर्यबेक्षकहरुको सहभागीता रहेको छ ।
यसअघि २०७६ मै गर्नुपर्ने महाधिबेशन कोरोना महामारीका कारण स्थगित भएको थियो । यसपटक कानुनी बाध्यताका कारण कोरोना सुरक्षाका मापदण्ड अपनाउँदै प्रतिनीधिमुलक रुपमा महाधिबेशन गरिएको पार्टी अध्यक्ष पालुङ्वाले बताउनुभयो । सोमबार र मँगलबार हुने बन्द सत्रमा बर्तमान समसामयिक बिषयमा छलफल हुने तथा पार्टीको आगामी रणनीति तथा कार्यक्रम पनि तय हुने बताइएको छ । यसपटकको महाधिबेशन पछि पार्टीले गाउँ पस्ने अभियान सञ्चालन गर्ने पार्टी स्रोतले बताएको छ भने महाधिबेशनबाट नयाँ नेतृत्व समेत चयन हुनेछ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0