एमालेद्वारा आज पनि संसद् बैठकमा अवरोध

Homeराजनीति

एमालेद्वारा आज पनि संसद् बैठकमा अवरोध

प्रम ओलीको संसद विघटन गर्नुको कारण सर्वोच्चलाई १५ बुदे जवाफ
अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो – प्रचण्ड
रेशम चौधरीलगायतकाे मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति

 २७ भदौ , काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज आइतवार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका छन् । यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको जबरजस्तीका कारण संसद् अवरोध गर्नुभएको स्पष्ट पारेको छ । आज बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नुभएको बताउनुभयो । 

COMMENTS

WORDPRESS: 0
DISQUS: 0