नवलपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

Homeसमाज

नवलपुरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

पूर्वी नवलपरासीमा प्याराग्लाइडिङ्गको सफल परीक्षण
गुरुङको अध्यक्षतामा मनाङ मस्र्याङ्दी क्लबको नयाँ कार्यसमिति गठन
निकुञ्जलाई चितवनका नेचर गाइडको आग्रह वातावरण संरक्षणको लागि अग्रसर हुनुपर्ने

२७ भदौ, नवलपुर ।
लामो समयदेखि पूर्वी नवलपरासीमा मोटरसाइकल चोर्ने गिरोह प्रहरीको फन्दामा परेको छ। जिल्लाको विभिन्न स्थानबाट घरमा राखिएका मोटरसाइकल चोर्ने गिरोहका ६ जना आइतबार जिल्ला प्रहरी कार्यालय नवलपुरले सार्वजनिक गरेको छ। प्रहरीले उनीहरुले चोरी गरेका १६ थान मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रहरीले जिल्लाको मध्यविन्दु नगरपालिका १० का २९ वर्षिय मुकेश थापा , पाल्पा जिल्ला निस्दी गाउँपालिका ७ का २५ वर्षिय खेम वहादुर सारु , विनियी त्रिवेणी गाउँपालिका २ का ३० वर्षिय गंगा वहादुर मगर , मध्यविन्दु नगरपालिका १० का ३३ वर्षिय दिल वहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका ४ का २३ वर्षिय प्रेम वहादुर परियार र २० वर्षिय मिलन थापालाई आइतबार सार्वजनिक गरेको हो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनु भयो । 

COMMENTS

WORDPRESS: 0
DISQUS: 0