अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ – अधिकारी

Homeशिक्षा

अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ – अधिकारी

वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्द
५१३ जना अधिकृतको लागि विज्ञापन खुल्यो

२ असोज , नवलपुर ।
शैक्षिक सँस्थाहरुले अन्तराष्ट्रिय जगतमा समेत प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नु पर्ने एन् प्याब्सन नवलपुरका अध्यक्ष रमेश अधिकारीले बताउनु भएको छ । शनिबार नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन पूर्वी नवलपरासी कावासोतीको दोस्रो नगर अधिवेशनलाई सम्वोधन गर्नु हुदैँ उहाँले सो कुरा बताउनु भएको हो ।
संस्थागत विद्यालयबाट उत्पादन भएका विद्यार्थी नेपालमा वस्दैनन् सबै विदेश जान्छन् भन्ने आरोप आएको बताउँदै , अध्यक्ष अधिकारीले संस्थागत होस वा सामुदायिक विद्यालयमा अध्ययन गरेका हुन्, अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने खालको प्रतिष्पर्धी विद्यार्थी उत्पादन गर्नसक्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले संस्थागत र सामुदायिक विद्यालय मिलेर अगाडि बढ्नु पर्ने पनि बताउनु भएको छ । यस्तै कार्यक्रममा बोल्नु हुदैँ एन् प्याब्सन केन्द्रीय सचिवालयका सदस्य दिपकराज लम्सालले नेपालमा स्थायी सरकार नभएका कारणले गर्दा शिक्षाका केही ऐनहरु जारी हुन नसकेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाको माध्यमबाट राष्ट्र पुजीँपतिवर्गको उत्पादन गर्न चाहेको पनि बताएका थिए । पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीति हावी हुँदै गएको र यसलाई नियन्त्रण गर्न सकियो भने शिक्षामा गुणस्तरीयता आउने समेत बताएका थिए । कार्यक्रममा सबैको सहकार्यले संस्थागत हकहित तथा अधिकारको लागि प्याब्सनलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको पनि बताइएको थियो ।कावासोतीको स्वस्तिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्याब्सन कावासोती नगरका अध्यक्ष भोजराज दाहालको सभाध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0