सातौँ संविधान दिवस मनाइयो

Homeविशेष

सातौँ संविधान दिवस मनाइयो

बालबालिकामा मोबाइलको बढ्दो प्रयोग: घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
तिहारको आगमनसँगै फूलहरु ढकमक्क फुल्न थाले
स्कुल बसको ठक्करबाट एकको मृत्यु, २ गम्भीर घाइते

३ असोज, काठमाडौँ ।
संविधान दिवसका अवसरमा काठमाण्डौको टुँडिखेलमा विशेष समारोह भएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अङ्गका प्रमुखलगायत सहभागी भएका थिए । यस्तै, समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको छ ।

यस्तै, आज घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबैलाई आह्वान गरेको छ । दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0