नवलपुरमा जिल्ला स्तरीय झमटा प्रतियोगिता हुने

Homeसमाज

नवलपुरमा जिल्ला स्तरीय झमटा प्रतियोगिता हुने

मजदुर आन्दोलन स्थगित, मागहरु एक हप्ता भित्र सम्वोधन हुने सम्झौता
कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा
वातावरणमैत्री “दिगो विकास सम्मेलन” कावासोती घोषणा पत्र २०७७


७ असोज , नवलपुर ।
पूर्वी नवलपरासीमा जिल्ला स्तरीय झमटा प्रतियोगिता हुने भएको छ । ईको टुरिजम यूथ क्लवको आयोजनामा झमटा प्रतियोगिता हुने भएको हो ।
क्लवले थारु जातिहरुको महान् पर्व जितिया पर्वको अवसरमा प्रतियोगिता गर्न लागेको प्रतियोगिताका संयोजक मान महतोले बताउनुभयो । प्रतियोगितामा जिल्लाभित्र रहेका थारु समुदायहरुको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता यहीँ असोज १२ गते कावासोती नगरपालिका १७ अमलटारीमा हुनेछ । वर्तमान समाजमा थारु समुदायहरुको सांस्कृतिकलाई जिवन्त राख्न आफ्नो संस्कृतिप्रति सकारात्मक धारणा जगाउन प्रतियोगिता आयोजना गरिएको महतोले बताउनु भएको छ ।
प्रतियोगितामा प्रतियोगि १६ देखि २० जना हुनु पर्ने, प्रत्येक समुहलाई ८ मिनेटको समय दिइने , झमटा गित ऐतिहासिक , पौराणिकका साथै जनगणना , चेतनामूलक र भाषा सम्वन्धि हुनु पर्ने र प्रतियोगिहरु थारु परम्परागत भेषभूषा अनिवार्य पहिरनु पर्ने मापदण्ड राखिएको छ । आयोजकका अनुसार ६ सय रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । टिम दर्ता गर्दा रचना गरिएको गितको प्रतिलिपि आयोजकलाई दिनुपर्ने बताइएको छ । साथै प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र सहित नगद रु १२ हजार , द्वितियलाई ८ हजार , तृतियलाई ५ हजार र सान्त्वनालाई २ हजार ५ सयको ब्यवस्था गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0