नवलपुरमा चाडपर्व सुरक्षा योजना : चेकजाँच कडा, थप सिभिल प्रहरी परिचालन

Homeसमाज

नवलपुरमा चाडपर्व सुरक्षा योजना : चेकजाँच कडा, थप सिभिल प्रहरी परिचालन

आज विश्व सिमसार दिवस मनाइँदै
जाल्पा सामुदायिक लघुवित्तद्वारा फलफूलका विरुवा वितरण
मनाङमा राष्ट्रिय प्रसारण लाइन आएकोे पाँच महिनामै क्षति

१७ असोज , नवलपुर ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ । चाडपर्वको मौका छोपी हुने घटनाहरुको नियन्त्रणलागि चेकजाँचलाई कडा पारिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रकाश मल्लले बताउनुभयो । ट्राफिक नियमका पालना देखी लिएर अन्य चेकजाँच समेत बढाइने उहाँले बताउनुभयो ।
‘प्रहरीले नियमित रुपमा जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन काम गरिरहेको छ ,यसलाई निरन्तरता दिदैँ चेकजाँचको कार्यलाई अलि कडा पार्छौं’ प्रहरी प्रमुख मल्लले भन्नुभयो– प्रहरीको गस्तिलाई समेत थप बढाउनेछौं ।
चेकजाँच सहित सिभिलमा प्रहरी खटाएर सूचनाहरु संकलन गर्ने , बिगतका घटनाको टे«न्डलाई हेरी त्यस्ता क्षेत्रमा निगरानी बढाउने काम गरिने प्रहरी प्रमुख मल्ले बताउनुभयो । प्रहरीको पहूँच कम भएका क्षेत्रहरुमा निगरानीकालागि प्रहरी परिचालन गरिने समेत उहाँले बताउनुभयो । ‘पहिला अलि बढि कहाँ धेरै चोरी भएको छ, कहाँ बढि झै झगडा हुने गरेकाछन्, कहाँ बढि लागुऔषधको हब देखिन्छ त्यस्ता ठाउँमा थप निगरानी बढाउछौं’ जिल्ला प्रहरी कार्यालय प्रमुख मल्ले भन्नुभयो ।


जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्त राख्न , जुवातास रोक्न, नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण जस्ता काममा प्रहरी निरन्तर लागि रहेको उहाँले बताउनुभयो ।
चाडपर्वका समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जाने जस्ता कारणले चोरीका घटना हुने गरेका छन् । सामाजिक सञ्जालमा आफु घर बाहिर भएको लगाएतका गतिविधिको जानकारी दिँदा समेत कतिपय घटना घट्ने गरेका छन् । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने , अपराध जन्य कार्य गर्ने हुन सक्दछ ।
कुनै स्थानमा शान्ति सुरक्षामा खलल पुग्ने गरि घटना हुन लागेको जानकारी पाए आफ्नो नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरि सूचना दिन समेत प्रहरी प्रमुख मल्ले आग्रह गर्नुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1