दशैंको खानपानमा ध्यान दिन डा. थापाको सुझाव

Homeस्वास्थ

दशैंको खानपानमा ध्यान दिन डा. थापाको सुझाव

तीनतले चीर ठड्याएसँगै आजदेखि देशभर फागु पर्व सुरु
सहिद दिवस मनाईयो, सहीदहरुका सपना साकार गर्नेतर्फ राजनीति अग्रसर देखिएन
कांग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण

२२ असोज ,नवलपुर ।
दशैं भन्नेबित्तिकै आफूभन्दा ठूला मान्यजनबाट आशीर्वाद लिने र अत्यधिक खानपान गर्ने चाडका रूपमा लिइन्छ तर आशीर्वादसँगै अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने चाडका रूपमा मनाउँदा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सकहरूले सन्तुलित खाना खान सुझाव दिएका छन् । नवलपुरको काली गण्डकी अस्पतालका डाक्टर छविलाल थापाले चाडपर्वमा मासु लगायतका खानेकुरामा साधारण तरिकाले खान आग्रह गर्नु भयो ।
चाडपर्वका नाममा अत्यधिक मदिरा, मासु, मसलेदार परिकार खाने तथा स्वास्थ्यको ख्याल नगर्दा अस्पतालसम्म पुग्नु परेको धेरै घटना छन् । डाक्टर थापाले दशैंमा बढी मात्रामा चिल्लो, पिरो, बोसोयुक्त खानेकुरा खाँदा चाडपर्व पश्चात् बिरामीहरु आउने गरेको बताउनु भयो ।
अस्वाभाविक खानपानले मानिसको मिर्गौला, मुटु, कलेजोजस्ता अङ्गमा असर गर्नुका साथै उच्च रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखा पर्दछन् । चाडपर्वका नाउँमा अत्यधिक मदिरा, मासु र धेरै समयसम्म राखिएका खानेकुराले विभिन्न रोगको सिकार हुने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिन उहाँको सुझाव छ । डाक्टर थापाले अत्यधिक मदिरा सेवनका कारण मानिसको मृत्यु भएका धेरै घटना छन् भन्दै शरीरको हेरचाह गरी आफैँ सचेतना अपनाउन सुझाव दिनु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0